दफा १७
ऋणपत्र परिवर्तन, खण्डीकरण, एकीकरण र नवीकरण गर्ने
स्टक वा प्रमिशरी नोटको धनीले आफ्नोे साबिकको सो ऋणपत्रलाई एक आपसमा परिणत गर्न वा खण्डीकरण गर्न वा एकीकरण गर्न वा नवीकरण गर्नको निमित्त बैङ्कमा निवेदन गरेमा बैङ्कले तोकेको दस्तुर लिई तोकिएबमोजिम त्यस ऋणपत्रको बदलामा निवेदकलाई नयाँऋणपत्र दिन सक्नेछ ।